परिक्षा दिन हाफ पाइन्ट लगाएर गएकी युबतिलाई शिक्षकले यसो भनेपछी…..


बीबीसी । हाफ पाइन्ट (शर्ट्स) लगाएर जाँच दिन आएकी एक १९ वर्षीया किशोरीलाई शिक्षकले ‘लुगा भएन’ भन्दै पर्दाले खुट्टा छोप्न लगाएका छन् । परीक्षाहलमा बस्ने शिक्षकले पहिरनकै कारण उनको परीक्षा अवरोध गरेपछि विवाद उत्पन्न भएको हो ।

जुब्ली तामुली वास्तवमा ७० किलोमिटरको यात्रा गरि आफ्ना बुवासँग असामको तेजपुर शहरमा परीक्षा दिन आएकी थिइन् । यसरी पहिरनका कारण उनलाई जाँच दिनमा रोक लगाइएपछि उनका बुवा हतारिँदै बजारमा ट्राउजर किन्न दौडनु परेको थियो ।

तर परीक्षाको समय खेर जान्छ भनेर उनले त्यहीँको पर्दा लिएर खुट्टा छोप्नु परेको थियो । उनले पछि यस घटनाबारे व्याख्या गर्दै ‘आफ्नो जीवनकै सबैभन्दा भयानक अनुभव’ रहेको बताइन् ।

परीक्षा सेन्टर बाहिरका संचारकर्मीहरुसँग प्रश्न गर्दै उनले भनिन्, “के छोटो लगाउनु अ प रा ध हो ? सबै केटीहरुले शर्टस लगाउँछन् । यदि उनीहरुलाई हामीले शर्टस लगाएको मन पर्दैनथ्यो भने परीक्षको डक्युमेन्टमै उल्लेख गर्नु पर्दथ्यो । ”

कृषि विश्वविद्यालयका लागि लिइएको प्रवेश परीक्षामा यस्तो भएको हो । भारतीय पत्रिका इन्डियन एक्सप्रेसका अनुसार परीक्षा भवनमा कसैले कोभिड मापदण्डको जाँच नगरेको, मास्क लगाएको छ छैन, तापमान कति छ लगायत जाँच नगरिएको तर शर्टस चाहिँ हुँदैन भनेको उनले गुनासो गरेकी छन् ।

उनका अनुसार सुरक्षा गा र्ड हरुले पनि उनलाई प्रवेश गर्न दिएका थिए तर परीक्षा हल भित्रका शिक्षकले रोकेका हुन् । यस्तोमा पहिले त उनले आफ्नो बुवासँग कुरा गर्न भनेर भनिन् तर ती शिक्षकले आफ्नो अडान छाडेनन् ।

यो घटना पश्चात् भातरभर धेरैले सामाजिक संजाल मार्फत अ क्रो श जनाइरहेका छन् । ती शिक्षकको व्यवहार अनुचति र आ क्रा मक भएको भन्दै सबैले आलोचना गरेका हुन् । भारतमा लामो समय देखि नै पश्चिमी पहिरनले युवाहरुको नैतिकता बिगारेको भन्ने आरोप लगाइँदै आएको छ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *